Welcome To Chitra TV

सामाजिक कार्यमा रमाउँदै वैदिक आयुर्वेद सेवा प्रा.लि.का सञ्चालक

चितवनको वैदिक आयुर्वेद सेवा प्रा।लिले अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरे अनुरुप मञ्जुश्री आश्रम आँपटारी र देवघाट धाममा रहेको राम जानकी बालिका आश्रममा रहेको ७० जना असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाएको हो ।

अमेरिका र वेस्टइन्डिजमा सम्पन्न विश्वकपमा नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च राख्न वैदिक आयुर्वेद सेवा प्रा.लि.ले सामाजिक कामको घोषणा गरेको थियो ।

वैदिक आयुर्वेद सेवा प्रा.लि. का म्यानेजर भागवत लामिछानेका अनुसार वैदिक आयुर्वेद सेवा प्रा.लि.ले गर्ने विभिन्न सामाजिक कार्य अन्र्तगत यो दोश्रो पटक दुई स्थानमा रहेको आश्रमहरुमा पुगी असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकहरुलाई दोश्रो चरणमा ७० जनालाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

वैदिक आयुर्वेदका प्रबन्धक एवं आयुर्वेदका जानकार चक्रपाणि न्यौपानेले सिमित स्रोत र साधनका विच पनि नेपाली खेलाडिहरु विश्वकपमा पुग्नु गौरवको बिषय भएको भन्दै आगामी दिनमा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन र नेपाली क्रिकेट खेलको विकासका लागि आफ्नो तर्फबाट यस्ता आश्रमहरुमा पुगेर असाहय अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई सेवा गर्ने जानकारी दिनु भयो । उहाँका अनुसार वैदिक आयुर्वेद सेवा प्रा.लि. विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दे आएको पनि जानकारी गराउनु भयो । यस्ता समाजिक कार्यहरु गर्न पाउँदा आफूलाई निकै खुसी लाग्ने उहाँको भनाई छ ।

वैदिक आयुर्वेदले सामाजिक उत्तदायित्व अन्तर्गत चितवन र अन्य जिल्लाहरुमा खेलकुद लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।