गैडाकोट नगरपालिका वडा नं ५ मा आईतबार निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको भएको छ ।
वैदिक आयुर्वेद सेवा प्रालि लायन्सचोक नारायणगढको प्राविधिक सहयोग तथा गैडाकोट न.पा. वडा नं ५ को आयोजनामा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा निशूल्क मधुमेहका १५० जना तथा उच्च रक्तचाप, नशा तथा हाड जोर्नी, पायस्ल सहित विभिन्न रोगका गरी करिब २५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको वैदिक आयुर्वेद सेवा प्रा.लि.का म्यानेजर भागवत लामिछानेले बताए । स्वास्थ्य शिविरका सहभागीलाई डा आकाश जि.सी, डा. कृष्ण देव भट्टले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए । निशूल्क शिविरमा वैद्य २ जना, कविराज १ जना लागायत अन्य वैदिक सेवा प्रा.लि.का कर्मचारीहरुको सहभागीता रहेको थियो ।
वंशाणुगत र घटना विशेषका कारण बाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको वैदिक सेवा प्रा.लि.का सञ्चालक आयुर्वेदका जानकार चक्रपाणी न्यौपानेले दाबी गरे । खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सके धेरै रोगबाट बच्न सकिने वडा अध्यक्ष रत्न प्रसाद सापकोटको भनाई छ । निशुल्क स्वाथ्य शिविरमा गैडाकोट नगरपालिकाका मेयर मदनभक्त भक्त अधिकारी प्रमुख अतिथी, वैदिक आयुर्वेद सेवा प्रा.लि.का सञ्चालक चक्रपाणी न्यौपानेको विशिष्ट अतिथि तथा गैडाकोट नगरपालिका वडा ५ का अध्यक्ष रत्न प्रसद सापाकोटको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय समाजसेवी द्रोण वन सन्दासी, तुलसी राम गौतम, शान्ति न्यौपाने लगायत हजारौको सहभागीता रहेको थियो ।