२५ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनअनुसार नेपालमा महासंघले दैनिक मूल्य समायोजन गर्दै आएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।