भरतपुर महानगरपालिकामा वडा अध्यक्ष भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
लायन्सचोक, नारायणगढको वैदिक आर्युर्वेद सेवा प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिता भरतपुर–६ को सिद्धेश्वर खेल मैदानमा हुन लागेको हो ।

यही वैशाख २२ गतेबाट २६ गतेसम्म नकआउटको आधारमा खेलाइने प्रतियोगितामा पहिलो पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने भएको छ ।
गीतानगर ब्वाइज क्लब आयोजक रहेको यस प्रतियोगितामा ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । १६ वटा टिमको सहभागिता रहने प्रतियोगितामा उत्कृष्ट खेलाडी र मेन अफ द म्याचलाई ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ ।