काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् ।
ओलीले सुहाङलाई खादामाला लगाएर अंकमाल गरे । सुहाङले ढोगेर आशीर्वाद मागे ।
ओली मंगलबार काठमाडौंबाट दमक हुँदै इलाम पुगेका हुन् । आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वैशाख १५ गते भएको निर्वाचनमा सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै विजयी हासिल गरेका थिए । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए ।